तेस्रो दिन पनि नाडा अटो शोमा थामि नसक्नु भीड (तस्बिरहरू)

खकेन्द्र ब.बुढन, काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको अटो शोमा तेस्रो दिन पनि सवारी खरिद गर्ने खरिदकर्ताको भीड लागेकाे छ । मंगलबारदेखि काठमाडौंकाे भृकुटीमण्डपमा सुरु नाडा अटो शोको १७औं संस्करण हाे । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा सुरु भएको यो मेला ८ भदौसम्म चल्ने छ ।

नाडा अटो शोमा १९ लाखदेखि २ करोड रुपैयाँसम्मका गाडी बिक्रीका लागि राखिएका छन् । कम्पनीहरूले नयाँ मोडलका गाडीमा भारी छुटको अफर समेत दिएका छन् । नाडामा ईभीको वर्चस्व छ । ग्राहकको आकर्षण पनि त्यस नयाँ मोडलका गाडीमै बढी देखिएको छ ।

नेपालका लागि सुजुकीको आधिकारिक बिक्रेता सिजी मोटोकर्पले पेट्रोलियम गाडीको ३४ लाखदेखि १ करोड रुपैयाँसम्मका गाडी राखिएको छ । सुजुकीले आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ पनि दिएको छ । ग्राहकले ६ लाख रुपैयाँसम्मको नगद छुट, एक वर्षको सवारी बिमा, ६ वर्षका लागि निःशुल्क पीएमएस पार्ट्स, २ लाख रुपैयाँसम्मको एक्सचेञ्ज बोनस र एसेसरिजहरु पाउन सक्नेछन् । सुजुकीका विभिन्न ब्रान्डका गाडीमा दर्शकको भीड लागेकाे छ ।

त्यसबाहेक टाटाको ईभी लाइनअपमा सुरुवाती मूल्य २७.४९ लाख रहेको टियागो ईभी, ४८.९९ लाख मूल्य रहेको तेस्रो पुस्ताको नेक्सन ईभी केथ्री र ५६.९९ लाख मूल्य तोकिएको छ ।

यी हुन् सवारी कुम्भमेलाका मुख्य आकर्षण सवारी

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *