काठमाडाैं। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। यस दिन सुन प्रतितोला १ हजार ६०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला १ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ घटेको छ। मंगलबार तोलाको २ हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन २ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ।







