काठमाडाैं। प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक घटेर बन्द भएको छ। यस दिन सो सेसनमा ३.५४ अंक घटेर २७७३.३६ विन्दुमा झरेको छ।
बुधबार प्रि ओपन सेसनमा ४२ स्टकको ६२ पटकको कारोबारमा १२ लाख ७७ हजार ७९ रुपैयाँ ३० पैसाबराबरको १ हजार ६७५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १७ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।







