बन्दीपुर केवलकारले भदौ ११ गतेदेखि आईपीओ निष्काशन गर्दै

काठमाडाैं । बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडले भदौ ११ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ।

कम्पनीले आगामी भदौ ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ लाख ४१ हजार ८० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो, जसको कुल रकम ४३ करोड ४१ लाख ८ हजार रुपैयाँ बराबर हुनेछ।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँट गरिसकेको छ। आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीयहरूका लागि ५ लाख ६६ हजार कित्ता र विदेशमा श्रम स्वीकृति लिएर कार्यरत नेपालीहरूका लागि ५ लाख २९ हजार ४०० कित्ता शेयर निष्काशन गरी बाँडफाँट सम्पन्न भइसकेको छ। त्यस्तै गरी, कम्पनीले आफ्ना कर्मचारीका लागि १ लाख ५८ हजार ८२० कित्ता तथा सामूहिक लगानी कोषहरूका लागि २ लाख ६४ हजार ७०० कित्ता शेयरको बाँडफाँट गरिसकेको छ।

अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरूका लागि शेयर निष्काशन गर्न लागिएको हो। यस आईपीओको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूबाट सि आस्बा प्रणाली प्रयोग गरी वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित मेरो शेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *