तीनकुनेमा भएको आन्दोलनमा राप्रपाले मलाई छुरी हान्याे : दुर्गा प्रसाई

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनमाथि भारतबाट चोरी गरेको गाडी ल्याएर बेचेर जीवनयापन गरेको आरोप लगाएका छन्।

आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले गत चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा राप्रपाले उनलाई छुरा हानेको समेत आरोप लगाए।

‘राप्रपाका राजेन्द्र लिङ्देन दाइलाई म के भन्छु भने–यो त बैंक ठग हो हजुर बैंक ठग हो भन्थे । उसलाई भन्दिनु १५ गते जुन धोका दियौँ । अब जीवनमा तिमीले धोका दिन सक्दैनौँ । तिमी जस्तो भारतबाट गाडी चोरेर ल्याएर बिर्तामोडमा काटेर बेच्नेको सन्तान म होइन । जुन हिसाबकिताबले मलाई बैंक ठग भनेका थियौँ । मलाई १५ गते राप्रपा मिलेर छुरी हानेको छ । म बाँच्न सफल भएको मान्छे’, उनले भने ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *