सानिमा रिलायन्स लाइफको नाफा ७.६० प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी ७.५३ रुपैयाँ

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण प्रकाशित गरेको छ जसअनुसार कम्पनीको अधिकांश सूचकहरुमा प्रगति देखिएको छ ।

गत आर्थिक वर्षमा कम्पनीको नाफा ७.६० प्रतिशतले बढेर ३७ करोड ७४ लाख ९३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ३५ करोड ८ लाख २४ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनी जीवन बीमा कोषको आकार १९ अर्ब २९ करोड ८१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोष १४ अर्ब ३३ करोड ७० लाख रुपैयाँ रहेको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३४.६० प्रतिशतले बढी हो ।

त्यस्तै, कम्पनी खुद बीमा शल्क आर्जन ५ अर्ब ८६ करोड रुपैयाँबाट १५.२९ प्रतिशतले बढेर ६ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ  यसअवधिमा कम्पनीको कुल आम्दानी १५.४९ प्रतिशतले बढेर ८ अर्ब ६९ करोड र कुल खर्च १५.८१ प्रतिशतले बढेर ८ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १९.८६ प्रतिशतले बढेर ५ अर्ब १ करोड र जगेडा कोषमा ३४ करोड २६ लाख रुपैयाँ सञ्चिति रहेको छ ।  कम्पनीको प्रतिशेयर आम्दानी ७.५३ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १११.५९ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *