धितोपत्र बोर्ड सञ्चालक सदस्यमा ढकाल नियुक्त

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को सञ्चालक समिति सदस्यमा हेमराज ढकाल नियुक्त भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट उपाध्यक्ष ढकाल बोर्डको सदस्य नियुक्त भएका हुन् ।

उनलाई महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बोर्ड सदस्यका रुपमा मनोनयन गरी पठाएका हुन् । यसअघि महासंघका तर्फबाट गोकर्ण अवस्थी बोर्ड सदस्य रहेकोमा उनलाई फिर्ता गरिएको थियो ।

नेपाल धितोपत्र ऐन २०६३ को धारा ३ मा भएको व्यवस्था अनुरुप ढकाल सेबोनको सदस्यमा नियुक्त भएका हुन् ।

धितोपत्र बोर्ड सञ्चालक समितिमा अर्थ मन्त्रालय, कानुन मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ, उद्योग वाणिज्य महासंघबाट १–१ जनाले प्रतिनिधित्व गर्दै आएका छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *