काठमाडौं । त्रिभुवन विश्वविद्यालय जनस्वास्थ्य केन्द्रीय विभागको प्रमुखमा राजन पौडेल नियुक्त भएका छन्।
विभागमै कार्यरत पौडेलले सोमबार नै विभागीय प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।
पौडेल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको पोषण, खाद्य सुरक्षा तथा विषादी नियन्त्रण उपसमितिका अध्यक्ष समेत हुन् ।







