रुपन्देही-३ मा उम्मेदवार बन्न इच्छुक ९ जना आवेदकसँग रास्वपाले छलफल गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही–३ को निर्वाचनमा उम्मेदवार हुन इच्छुक भई आवदेन दिएका ९ जनासँग छलफल गर्ने भएको छ ।

१७ कात्तिकमा हुने उपनिर्वाचनका लागि शुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा,ज्ञानु पौडेल, जीतबहादुुर गुप्ता, कुशुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका थिए ।

आवेदन ९ जनासँग आइतबार (आज) दिउँसो १ बजेदेखि साँझ ५ बजेस छलफल राखिएको प्रवक्ता मनिष झाले जानकारी गराए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *