काठमाडौं । आज पनि शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसुचक ४१.७८ अंकले घटेर २८३३.५७ को विन्दुमा बन्द भएको छ ।
आज ३२५ कम्पनीको शेयर किनबेच हुँदा ९ अर्ब ३३ करोड माथिको शेयर कारोबार भएको छ । आज ४६ कम्पनीको शेयर मुल्य बढेको छ भने २०४ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३९ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ट्रेड टावर कम्पनीको ३७ करोड माथिको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३३ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्था र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । सिर्जनशील लघुवित्तका लगानीकर्ताले पनि ४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका ह’न् ।







