आज सार्वजनिक हुँदै कक्षा १२ को नतिजा

काठमाडौं। कक्षा १२ को नतिजा आज (सोमबार) साँझ सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्न आज साँझ ५ बजे बैठक बस्ने तयारी गरेको छ।

बोर्ड स्रोतका अनुसार आइतबार नतिजाको प्राविधिक परीक्षण (डेमो) गरिएको थियो। ‘हिजो डेमो गरिएको थियो, आज नतिजा सार्वजनिक गर्ने तयारी गरिएको हो,’ स्रोतले जानकारी दियो।

शैक्षिक क्यालेन्डरअनुसार साउन १५ भित्र नतिजा आउनुपर्ने भए पनि चैत २० देखि २९ दिनसम्म चलेको शिक्षक आन्दोलनका कारण नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *