काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
कार्यालयले सोमबार सूचना जारी गर्दै विभिन्न निकायले पठाएका सिफारिसका आधारमा ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको छ ।
जिम्मा लिएको काम तोकिएको समयमा सम्पन्न नगरेको आधारमा ती कम्पनीहरूलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कारबाही गरिएको हो ।
अब कालोसूचीमा परेका ती कम्पनीहरूले एकदेखि दुई वर्षसम्म कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन नपाउने छन् ।








