प्रि ओपन सेसन अपडेटः साढे १ अंक घट्यो नेप्से

काठमाडाैं। साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक घटेर बन्द भएको छ। यस दिन सो सेसनमा १.६३ अंक घटेर २८५७.२६ विन्दुमा झरेको छ।

सोमबार प्रि ओपन सेसनमा ६५ स्टकको २०१ पटकको कारोबारमा ४६ लाख ५ हजार २२७ रुपैयाँ ५० पैसाबराबरको १० हजार ३९१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २६ स्टकको मूल्य बढेको छ भने ३५ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *