बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य सामान्य बढेको छ। यस दिन सुनको मूल्य प्रतितोला १०० रुपैयाँ बढेको हो भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात आइतबार यस्तो सुन प्रतितोला १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदी भने तोलाका २ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा चाँदी तोलाको २ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *