बैंकहरुको खराब कर्जा ७ प्रतिशतसम्म, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुको खराब कर्जा निरन्तर बढिरहेको छ। प्रवाह भएको  कर्जा पनि उठाउन नसकेपछि पुस मसान्तमा आइपुग्दा बैंकहरुको खराब कर्जा  अधिकतम ७ प्रतिशतको हाराहारीमा आइपुगेको छ ।

ब्याजदर घटेर एकल विन्दुमा आइपुग्दा बैंकहरुले  एकातर्फ कर्जा प्रवाह हुन सकेको छैन भने अर्कोतर्फ प्रवाह भएको ऋण समेत उठाउन सकेका छैनन्।

पुस मसान्तसम्मको  वित्तीय विवरण अनुसार कुमारी बैंकको खराब कर्जा ६.९६ प्रतिशत रहेको छ । औषतमा भने वाणिज्य बैंकहरुको खराबकर्जा ४.३३ प्रतिशतमा देखिएको छ । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरणमा १४ वटा बैंकहरुको खराबकर्जा बढेर ४ प्रतिश माथि पुगेको छ ।

कुन बैंकको  खराब कर्जा कति पुग्यो ?

कुमारी बैंक खराब कर्जा ६.९६ प्रतिशत, प्रभु बैंकले ५.६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंक ५.८६ प्रतिशत, लक्ष्मी सनराईज बैंक ५.६७ प्रतिशत, नेपाल एसबीआई बैंक ३.५५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंक ५.८६ प्रतिशत,  प्राईम बैंक ४.९६ प्रतिशत, हिमालयन बैंक ४.९८ प्रतिशत, नेपाल बैंक ४.९९ प्रतिशत, सिटिजन्स बैंक ४.८५ प्रतिशत, माछापुच्छ्रे बैंक ४.५४ प्रतिशत, ग्लोबल आइएमई बैंक४.८६ प्रतिशत, एनआइसी एसिया बैंक ४.६१ प्रतिशत, सिद्धार्थ बैंक ४.५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक ४.९६ प्रतिशत, कृषि विकास बैंक ४.९ प्रतिशत, नेपाल एसबीआई बैंक खराबकर्जा ३.५५ प्रतिशत, सानिमा बैंक ३.२२ प्रतिशत, एनएमबी बैंक ३.९६ प्रतिशत र नबिल बैंकको  १.७ प्रतिशत रहेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *