मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आम्दानी बढेसँगै घाटामा कमी, कस्ता छन् अन्य सूचक ?

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको आम्दानी बढेसँगै घाटामा कमी आएको छ । कम्पनीले गत गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ करोड ७ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४ करोड १६ लाख घाटा व्यहोरेको थियो ।

यस्तै समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १०.११ प्रतिशत बढेर १२ करोड ३ लाख ६८ हजार पुगेको छ भने कुल नाफा ७.२९ प्रतिशत बढेर ९ करोड ७१ लाख २४ हजार पुगेको छ।

यस्तै यस अवधिमा कम्पनीको अन्य आम्दानी ८३३.७५ प्रतिशत बढेर १२ करोड ४६ लाख ५५ हजार छ भने वित्तीय खर्च २६.८२ प्रतिशत घटेर ६ करोड ७८ लाख ८३ हजारमा झरेको छ।

असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ६० पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ६३ रुपैयाँ ७७ पैसा रहेको छ ।

८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग २८ करोड ९८ लाख रुपैयाँ ऋणात्मक छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *