काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिँचाइका लागि प्रतियुनिट ३ रुपैयाँ मात्र विद्युत शुल्क तोकिएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् सुक्खाग्रस्त मधेश प्रदेशमा ५०० बोरिङ खनिँदै गरेको र यसका लागि सस्तोमा विद्युत् शुल्क लगाइएको जानकारी गराएका हुन् ।
‘तराईमा ५०० वटा डिपबोरिङ खन्ने काम सुरु भएको छ । सिँचाइका लागि किसानलाई प्रति युनिट बिजुलीको तीन रुपैयाँ मात्र लाग्ने छ,’ प्रधानमन्त्री ओलीले भने ।
Artha Sanjal






