ओपन सेसनमा नेप्से सूचक ७.६६ अंकले बढ्यो

साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ७ अंक बढेर बन्द भएको छ। सेसनमा ७.६६ अंक बढेर २९६१.८० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.९१ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ५५ स्टकको १०३ पटकको कारोबारमा ७५ लाख ९२ हजार ६२९ रुपैयाँ ५० पैसाबराबरको ८ हजार १२७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३२ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *