काठमाडाैं। आज सुनको मूल्य १४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज अर्थात बुधबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३१० रुपैयाँ खरिदबिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।







