श्रीनगर एग्रीटेक इण्डष्ट्रिजले पायो धितोपत्र बोर्डद्वारा आईपीओ निष्कासन अनुमति

काडमाडाैं। श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेको छ। सेबोनले मंगलबार कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ दरका ३२ लाख ६५ हजार ५ सय कित्ता साधारण शेयर सार्वजनिक निष्कासन गर्न स्वीकृति दिएको हो।

यससँगै कम्पनीले अब धितोपत्र बजारमार्फत सर्वसाधारणलाई शेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाउनेछ। कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त गरिएको छ।

श्रीनगर एग्रीटेक इण्डष्ट्रिज कृषि प्रविधि क्षेत्रमा आधारित कम्पनी हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *