काठमाडौं। सुर्खेत वीरेन्द्रनगर नगरपालिका-५ का वडाध्यक्ष लोकबहादुर शाहीको निधन भएको छ । वीर अस्पताल काठमाडौँमा उपचार गराएर एम्बुलेन्सबाट सुर्खेत फर्किने क्रममा उनको निधन भएको हो ।
मंगलबार भेरीगंगा नगरपालिकाको हर्रे आई पुग्दा शाहीको मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । उनी एक वर्षदेखि फोक्सोको क्यान्सर र निमोनियाबाट पीडित थिए ।
शाही २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
Artha Sanjal







