काठमाडौं । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिकैको भण्डास बिप्पर कटेरी भन्ने स्थानमा बसोबास गर्दै आएको एकै परिवारका १६ जना सदस्य एकैपटक सम्पर्कविहीन भएपछि प्रहरीले खोजी कार्य तीव्र पारेको छ ।
स्थानीय बासिन्दाहरूका अनुसार उर्मिला हायुको १६ सदस्यीय परिवार सोमबार बिहानदेखि सम्पर्कविहीन रहेको खबर जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई दिइएको थियो । जानकारी प्राप्त भएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए ।
एसपी सुवेदीका अनुसार ‘घटनाबारे सूचना प्राप्त भएको बित्तिकै प्रहरी टोली हायुको घरमा पुगिसकेको छ। घरमा सामान्य क्षति देखिएको छ। घरमा रहेका कुखुरा, बाख्रा र भैंसीहरू अलपत्र अवस्थामा भेटिएका छन्। तर घरमा कुनै पनि मानिस छैनन्।’
एकन्तमा भएको उर्मिला हायुको १६ जनाको परिवार बेपत्ता भएकाले खोजी जारी छ ।







