सेयर खरिद-बिक्रीबारे अनधिकृत अभिव्यक्ति नदिन धितोपत्र बोर्डको चेतावनी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममार्फत भइरहेको अनधिकृत अभिव्यक्ति र प्रचारप्रति सचेत गराएको छ।

शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै बोर्डले  कुनै पनि माध्यमबाट नेप्से परिसूचक वा सूचीकृत संस्थाको सेयर मूल्य बढ्ने वा घट्ने पूर्वानुमानसहित अभिप्रेरित टीकाटिप्पणी नगर्न सबैमा आग्रह गरेको हो।

धितोपत्रसम्बन्धी ऐन, २०६३ अनुसार, कुनै व्यक्ति वा समूहले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सेयर किनबेचका लागि अभिप्रेरित गर्ने कार्य अपराध मानिन्छ। सेबोनले यस्ता गतिविधिले स्वतन्त्र रूपमा सञ्चालन हुने सेयर बजारमा असर पार्ने भएकाले तत्काल रोक्नुपर्ने स्पष्ट पारेको छ।

बोर्डले  हाल फेसबुक, युट्युब, क्लबहाउस लगायत सामाजिक सञ्जाल र केही सञ्चार माध्यममार्फत नेप्से सूचक तथा कम्पनी विशेषका सेयरको मूल्य सम्बन्धी अविश्वसनीय र अनधिकृत अभिव्यक्ति दिइएको भन्ने गुनासा तथा उजुरी पाएको जनाएको छ।

स्वतन्त्र रुपमा सञ्चालन हुने सेयर बजार व्यवस्थालाई प्रभाव पार्ने गरी त्यस्ता काम नगर्न र गरिरहेको भए तत्काल रोक्न पनि बोर्डले सूचित गरेको छ

बोर्डले  सेयर बजारमा सरोकारवालाहरूको विश्वास कायम राख्न तथा बजारको पारदर्शिता जोगाइ राख्न सबै सरोकार पक्षलाई सचेत र जिम्मेवार बन्न आह्वान गरेको छ।

बोर्डका मुख्य सुझावहरू:

-सेयर मूल्यबारे अनुमानी टीकाटिप्पणी नगर्नु,

-कुनै सेयर किन्ने वा बेच्ने प्रेरणा दिने अभिव्यक्ति नदिनु,

-अनधिकृत अन्तर्वार्ता, ब्लग वा भिडियो प्रकाशनबाट बच्नु,

-सेबोन वा धितोपत्रसम्बन्धी प्राधिकृत निकायबाट प्रमाणित नभएको सूचना प्रसारण नगर्नु,

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *