काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायको सिफारिसका आधारमा आधा दर्जन निर्माण कम्पनी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ ।
कालोसूचीमा राखिएको ती कम्पनीहरूलाई एक वर्षदेखि तीन वर्षसम्म कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा भाग लिन प्रतिबन्ध लगाइएको हो ।
तीन वर्षका लागि कालोसूचीमा परेको कम्पनीमा वीरगन्जस्थित जिबी मेटल क्राफ्ट इन्डस्ट्रिज एन्ड सप्लायर्स प्रालि छ ।
एक वर्षका लागि प्रतिबन्धित सूचीमा परेका अन्य पाँच कम्पनीहरूमा धनुषाको एस.डी कन्स्ट्रक्सन, काठमाडौंको शर्मा धुलिखेल जेभी, जाजरकोटको भेरी नदी निर्माण सेवा एन्ड प्रनव सप्लायर्स, काठमाडौंकै डल्लुस्थित आकाश कन्स्ट्रक्सन र पाल्पाको विपीन कन्स्ट्रक्सन छन् ।
Artha Sanjal







