काठमाडाैं । सरकारले विश्व बैंकबाट प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले विकास प्रभावकारिताको लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।
यस सम्बन्धमा विश्व बैकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय बैठकले गरेको छ ।
Artha Sanjal






