तमोर नदीमा आएको बाढीले सतर्कता तह पार गर्‍यो

काठमाडौँ । पाँचथर जिल्ला भएर बग्ने तमोर नदीमा पानीको बहाव बढेर जलसतहले सतर्कता तह पार गरेको छ।

जल तथा मौसम विज्ञान विभागले आज  बिहान एक सूचना जारी गर्दै नदीको जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

विभागका अनुसार, पाँचथरस्थित माझीटार जलमापन केन्द्रमा आज बिहान ०६:४० बजे गरिएको मापनमा तमोर नदीको जलसतह सतर्कता तहभन्दा माथि पुगेको हो। नदीमा पानीको बहाव अझै बढ्दो क्रममा रहेकोले बाढी, कटान र डुबानको जोखिम बढेको विभागले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *