प्रधानमन्त्री ओलीले बुधबार सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (बुधबार) संसदमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने भएका छन्। संसद सचिवालयका अनुसार बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिनेछन्।

त्यस्तै बैठकमा राष्ट्रपति कार्यालयबाट मन्त्री पदमा नियुक्तसम्बन्धी पत्र सभामुखले वाचन गर्नेछन्।

त्यस्तै राष्ट्रियसभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियो भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *