दोल्ती पावरले डाक्यो विशेष साधारणसभा, हकप्रद निष्काशन मुख्य अजेन्डा

काठमाडौं । दोल्ती पावर कम्पनीले आफ्नो विशेष साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको सोमबार बसेको यही साउन २२ गते काठमाडौंको पुरानो बानेश्वरस्थित काजीको किचनमा बिहान साढे ८ बजेबाट सभा सुरु हुने जनाएको छ।

सभाले हाल कायम चुक्तापुँजीको १:१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ। हकप्रद शेयर बिक्रीबाट प्राप्त हुने रकमको उपयोगबारेमा सञ्चालक समितिले गरेको निर्णय सभाले अनुमोदन गर्नेछ।

यसैगरी अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्ने गरी प्रबन्धपत्रको दफा ६ मा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव सभाले पारित गर्नेछ। यी प्रस्तावहरुमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल वा संशोधन गर्न निर्देशन आएमा सोहीबमोजिम गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

विशेष साधारणसभा प्रयोजनार्थ कम्पनीले साउन १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ साउन १३ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको विशेष साधारणसभामा भाग लिन योग्य हुनेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *