धनगढीमा राजस्व सङ्कलनमा ७. ४४ प्रतिशले वृद्धि

कैलाली। आन्तरिक राजस्व कार्यालय धनगढीले आर्थिक वर्ष २०८१/८२ मा दुई अर्ब ८७ करोड ७७ लाख ८८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । उक्त रकम आर्थिक वर्ष २०८०/८१ को तुलनामा ७. ४४ प्रतिशतले बढी हो ।

कार्यालयले गत आवमा तीन अर्ब ५३ करोड ५८ लाख ५८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको ८१ . ३९ प्रतिशत सङ्कलन भएको राजस्व कार्यालयका सूचना अधिकारी छत्रबहादुर माझीले जानकारी दिए ।

गत आवको लक्ष्य बराबरको राजस्व सङ्कलन नभए पनि अघिल्लो आवको तुलनामा बढी सङ्कलन भएको उनले बताए ।

राजस्व कार्यालयले गत आवमा आयकरअन्तर्गत साझेदारी आयकरबाट  २६ करोड ७३ लाख आठ हजार, व्यक्तिगत आयकरबाट  एक अर्ब २७ करोड ५९ लाख ८१ हजार रुपैयाँ, अन्तःशुल्क आयकरबाट रु १६ करोड ४३ लाख ९५ हजार र मूल्य अभिवृद्धि करबाट  एक अर्ब ११ करोड चार लाख ४३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको उनले बताए ।

आव २०८०/८१ मा  तीन अर्ब आठ करोड ४१ लाख ४० हजार रुपैयाँ लक्ष्य लिएकामा  दुई अर्ब ६७ करोड ८४ लाख ७५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *