काठमाडौं । डिशहोमले ल्यानिज हबसँग सहकार्य गर्दै विश्व प्रसिद्ध हाई फ्युचर ब्रान्डका उत्कृष्ट उत्पादनहरूमा ५० प्रतिशतसम्मको भारी छुट योजना ल्याएको छ । अब ग्राहकहरूले डिशहोमका सेवा लिएर उच्च गुणस्तरका ग्याजेटहरू अर्धमूल्यमा प्राप्त गर्न सक्नेछन्।
यो विशेष छुट प्राप्त गर्नका लागि ग्राहकहरूले डिशहोम इन्टरनेट वा टीभी सेवा ३/६/१२/२४ महिनाका लागि सब्स्क्राइब वा रिचार्ज गर्नुपर्ने कम्पनीले जनाएको छ । त्यसपछि मात्र ग्राहकहरुले ५० प्रतिशत छुटमा हाई फ्युचर का स्मार्ट ग्याजेटहरू अनलक खरिद गर्न सक्नेछन् ।
जसअन्तर्गत खुद्रा बजार मूल्य ३ हजार ४९९ रहेको सोनिक एयर एयरबड केवल १ हजार ७४९ मा प्राप्त गर्न सकिने छ । यस्तै, जोन २ स्मार्टवाच २ हजार ७४९ (बजार खुद्रा मूल्य: रु. ५,४९९) र ८ हजार ९९९काे भोकल स्पिकर अब केवल ४ हजार ४९९ मा प्राप्त गर्न सक्ने डिशहोमले जनाएको छ ।
डिशहोमले केवल इन्टरनेट र टिभी सेवा मात्रै होइन, ग्राहकको दैनिक जीवनशैलीलाई स्मार्ट र सजिलो बनाउन प्रिमियम एक्सेसोरीहरू पनि ल्याउँदै आएको छ ।
यो अफर आजैदेखि लागू भएको छ। इच्छुक ग्राहकहरूले डिशहोमको वेबसाइट मार्फत सजिलै यी प्रोडक्टहरू खरिद गर्न सक्नेछन्।
डिशहोमका अनुसार ‘ल्यानिज हब सँगको सहकार्यमार्फत हामीले विश्वस्तरीय हाई फ्युचर उत्पादनहरू नेपाली ग्राहकहरूका लागि किफायती मूल्यमा उपलब्ध गराउन पाएका छौं। यो केवल अफर होइन, डिजिटल जीवनशैलीलाई आत्मसात गर्ने एउटा अवसर हो।’
यो योजना नयाँ तथा पुराना दुवै ग्राहकहरूका लागि लागू हुने छ, जसले डिशहोम अनुभवलाई अझ समृद्ध बनाउनेछ ।






