काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै भ्रष्टाचारको छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापन पत्र बुझाएको छ । शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन समेत नेताकार्यकर्ताहरु दलबलसहित अख्तियारको केन्द्रीय कार्यालय पुगेर ज्ञापन पत्र बुझाएका हुन् ।
देशमा भ्रष्टाचार महामारीको रुपमा फैलिँदै गएको भन्दै राप्रपाले सबै भ्रष्टाचारका काण्डहरुमाथि पुन: र व्यापक छानबिन गर्न तथा राजनीतिक नेतृत्व तहलाई उन्मुक्ति नदिन माग गरेको छ ।

Artha Sanjal





