विदेश यात्रा अघि बैंक खाता अनिवार्य खोल्नुपर्ने (निर्देशनसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले अब विदेश जानका लागि  मुद्रा सटही गर्न बैंक खाता अनिवार्य गरेको छ। बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशनमार्फत राष्ट्र बैंकले नयाँ व्यवस्था ल्याएको हो। बैंकहरूले अबदेखि विदेश जाने यात्रुहरूको लागि सटही सुविधा खातामार्फत मात्र उपलब्ध गराउनु पर्नेछ।

नयाँ व्यवस्थाअनुसार, राहदानीबापतको सटही सुविधा र औपचारिक भ्रमणका लागि आवश्यक विदेशी मुद्रा अब सम्बन्धित व्यक्तिको परिवर्त्य विदेशी मुद्राको खातामा जम्मा गरी उपलब्ध गराइनुका साथै आवश्यक परे नयाँ खाता खोली पनि सटही सुविधा दिन सकिने व्यवस्था गरिएको छ।

यससँगै भारतबाहेक अन्य देशको भ्रमणमा जाने नेपाली नागरिकले प्रतिपटक अमेरिकी डलर ३,००० वा सो बराबरको विदेशी मुद्रा सटही गर्न पाउने छन्। यो सीमा यसअघि अमेरिकी डलर २,५०० थियो। राष्ट्र बैंकले ल्याएको नयाँ व्यवस्थाले विदेशी मुद्रा कारोबारलाई थप व्यवस्थित बनाउने र पारदर्शिता कायम गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *