हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडाैं । हिमालयन बैंक लिमिटेडले विभिन्न ९ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख ५ हजार २४५ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि बैंकको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । यस्तो आवेदन काठमाण्डौको कमलादीमा रहेको बैंकको कानून विभागमा पेश गर्नुपर्नेछ ।

सेयरको बिक्री मूल्य बिक्रेताअनुसार फरक–फरक रहेकाले मूल्य तथा अन्य सम्बन्धी जानकारीका लागि बैंकको कानून विभागमा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *