नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं । नेपाल एसबीआई बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले असार ३० गतेदेखि १ हजार अंकित दरका कुल ३० लाख इकाइ भएको ‘७ प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र–२०९०’ निष्कासन गरेको छ ।

यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन् ।

यो ऋणपत्रको कुल इकाइमध्ये १८ लाख इकाइ बैंकले व्यक्तिगत तरबबाट बिक्री गर्नेछ । बाँकी १२ लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन् । सो मध्ये ५ प्रतिशत अर्थात ६० हजार इकाई सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।

यो ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सकिने।सीडीएससीको ‘मेरो सेयर’मार्फत आवेदन पनि दिन सकिनेछ । ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतममा १२ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन् ।

ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *