महानगर यातायातले आईपीओे निष्कासन गर्ने

काठमाडौ । महानगर यातायातले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । महानगर यातायातका कार्यकारी अध्यक्ष सन्तोष खतिवडाले अब छिटै आईपीओ निष्कासन गर्ने तयारी रहेको हाे। महानगर यातायात सर्वसाधारणको भएका कारण सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको छ। सबै संस्थापक सेयरधनीहरुको लगानी सुरक्षित रहेको जानकारी गराएकाे छ ।

महानगर यातायातले आज १२ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ । एउटा बसको मूल्य १ करोड २७ लाख रुपैयाँ रहेको छ । महानगरको विद्युतीय सेवा शुभारम्भ कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायत मन्त्री देवेन्द्र दाहालले वातावरण मैत्री यातायात आजको आवश्यकता रहेको बताए ।

उनले पूर्वाधारका क्षेत्रमा नेपाल धेरै पछि रहेको र पछिल्लो समय सडक पुर्वाधारमा धेरै काम भएको समेत जानकारी गराए । उनले पुर्वदेखि पश्चिमसम्म समेटने गरी धेरै राजमार्ग निर्माण भईरहेको बताए ।

यातायातका क्षेत्र विकास भए पनि यसलाई व्यवस्थित गर्दैै लैजानु पर्ने उनको भनाइ छ । मन्त्री दाहालले नेपालमा विश्व स्तरिय गुणस्तर कायम गरेर सडक निर्माण कार्य भईरहेको जानकारी गराए ।

‘हाम्रा सडक विश्व स्तरिय, गुणस्तरीय सडक बन्नेछन्’ उनले भने ‘गुणस्तरमा कुनै कम्परमाईज गरिँदैन ।’

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *