काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले घुस लेनदेनसम्बन्धी अडियो प्रकरणमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका छन्।
गुप्ताले आफूविरुद्ध उठेका आरोपहरू निष्पक्ष रुपमा छानबिन होस् भन्ने उद्देश्यले राजीनामा दिएको बताएका छन्।
राजीनामापछि फेसबुकमा स्टाटस लेख्दै उनले ‘प्रविधिको उच्चतम प्रयोग’ को शिकार भएको जिकिरसहित अरु कोही नबनुन् भनेका छन् ।
उनले लेखेका छन्, ‘कहिले काहिँ नखाएको विष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्मान्नीय प्रधानमन्त्रीसमक्ष पदबाट राजीनामा गरेको छु ।’







