च्याउ खाँदा कैलालीमा एकै परिवारका ५ जना बिरामी

कैलाली । कञ्चनपुरमा विषालु च्याउको तरकारी पकाएर खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन्।

दोधारा चाँदनी नगरपालिका ६ स्थित कालागडका ६३ वर्षीया कालु सुनारसहित पाँच जना विषालु च्याउ सेवनबाट बिरामी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।

सुनारकी १८ वर्षीया नातिनी निशा सुनार, १६ वर्षीय नाति भीम सुनार, १२ वर्षीय नाति वसन्त सुनार र आठ वर्षीया नातिनी मन्सुसुनार बिरामी भएका हुन्।

भारतको नङ्ग्रा जङ्गलबाट ल्याइएको विषालु च्याउको तरकारी खाँदा उनको परिवारका पाँचै जना बिरामी परेका हुन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *