काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाल स्वास्थ्य क्षेत्रमा क्रियाशील गैर नाफामूलक संस्था ‘काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)’ लाई एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
किओचको कार्यालयमा आयोजित कार्यक्रममा नेपाल लाइफ र किओचबीच आर्थिक सहयोगसम्बन्धी समझदारीपत्रमा नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र किओचका तर्फबाट संस्थापक अध्यक्ष तथा मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–७ मा बहुविशिष्टीकृत ‘हब’ बाल अस्पतालको रूपमा निर्माण भइरहेका किओच–काठमाडौंको मुख्य भवनको काम अन्तिम चरणमा पुगेको छ। सेवा प्रवाह प्रारम्भ गर्नका लागि आवश्यक ‘क्लिनिकल रिसर्च बिल्डिङ’को निर्माण सम्पन्न भइसकेको छ। यसै माध्यमबाट बालबालिकालाई प्राविधिक उपचार सेवा दिइनुका साथै नसर्ने रोगसम्बन्धी अनुसन्धान कार्य अगाडि बढाइएको संस्थाले जानकारी दिएको छ।
कार्यक्रममा बोल्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले डा. भगवान कोइरालाको नेतृत्वमा अगाडि बढिरहेको बाल स्वास्थ्य परियोजनाले नेपालका बालबालिकाको स्वास्थ्य अवस्था सुधार गर्न उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले सामाजिक, आर्थिक, शैक्षिक र संस्कृतिक रूपान्तरणमा योगदान पुर्याउने गरी विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी गराए।
बालबालिकाको अत्यावश्यक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नका लागि सातै प्रदेशमा आधुनिक र सुविधा सम्पन्न अस्पतालहरू निर्माणार्थ सहयोग गर्न कम्पनी सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गरे। “हामीले दिएको यो सहयोगले न्यून आर्थिक अवस्था भएका बालबालिकाले पनि विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय सेवा पाउने विश्वास लिएका छौं,” पराजुलीले बताए।
किओचका संस्थापक अध्यक्ष डा. भगवान कोइरालाले नेपाल लाइफबाट प्राप्त सहयोगले निर्माणाधीन अस्पताल परियोजनाले थप गति लिने र गन्तव्यमा पुग्न सहयोग पुग्ने बताए। “नेपाल लाइफजस्तो स्थापित र गरिमामय ब्रान्डले साथ दिनु हाम्रो लागि गर्वको विषय हो। यसले हामीलाई थप प्रेरणा र हौसला दिएको छ,” कोइरालाले भने।
उनका अनुसार किओच केवल अस्पताल मात्र नभई मुलुकभरका प्रादेशिक बाल अस्पतालहरूको स्रोत केन्द्रको रूपमा विकास हुँदैछ। यसले तालिम प्राप्त जनशक्ति उत्पादन, गुणस्तर सुधार, नीति निर्माण, र नियमनको प्रक्रिया विकासमा योगदान पुर्याउनेछ।
उनले भने, “यस्तो किसिमका परियोजनाले राज्यका नीति र योजनालाई टेवा पुर्याउनेछन्। आगामी दिनमा पनि निजी क्षेत्रबाट यस्ता परियोजनाहरू सफलतापूर्वक कार्यान्वयन गर्न सकिएमा उपचार नपाएर ज्यान गुमाउनु पर्ने अवस्था अन्त्य हुनसक्छ।”
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले सामाजिक, आर्थिक, शैक्षिक र संस्कृतिक रूपान्तरणमा योगदान पुर्याउने गरी विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी गराए।
बालबालिकाको अत्यावश्यक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नका लागि सातै प्रदेशमा आधुनिक र सुविधा सम्पन्न अस्पतालहरू निर्माणार्थ सहयोग गर्न कम्पनी सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गरे।
“हामीले दिएको यो सहयोगले न्यून आर्थिक अवस्था भएका बालबालिकाले पनि विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय सेवा पाउने विश्वास लिएका छौं,” पराजुलीले बताए। किओचका संस्थापक अध्यक्ष डा. भगवान कोइरालाले नेपाल लाइफबाट प्राप्त सहयोगले निर्माणाधीन अस्पताल परियोजनाले थप गति लिने र गन्तव्यमा पुग्न सहयोग पुग्ने बताए। “नेपाल लाइफजस्तो स्थापित र गरिमामय ब्रान्डले साथ दिनु हाम्रो लागि गर्वको विषय हो। यसले हामीलाई थप प्रेरणा र हौसला दिएको छ,” कोइरालाले भने।
उनका अनुसार किओच केवल अस्पताल मात्र नभई मुलुकभरका प्रादेशिक बाल अस्पतालहरूको स्रोत केन्द्रको रूपमा विकास हुँदैछ। यसले तालिम प्राप्त जनशक्ति उत्पादन, गुणस्तर सुधार, नीति निर्माण, र नियमनको प्रक्रिया विकासमा योगदान पुर्याउनेछ।






