काठमाडौं महानगरले ‘सेफ फुड’ अभियान सञ्चालन गर्ने, उपभोक्ताको स्वास्थ्यमा विशेष ध्यान

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘सेफ फुड’ काठमाडौं अभियान सञ्चालन गर्ने भएको छ ।आइतबार प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा मेयर बालेन्द्र शाह (बालेन)ले उक्त अभियानको घोषणा गरेका हुन् ।

उनले उपभोक्तालाई सुरक्षित, स्वच्छ र गुणस्तरीय खाद्य सामग्री सुनिश्चित गर्नका लागि महानगर सक्रिय रूपमा अघि सर्ने जना ।

‘अब काठमाडौंमा उपभोक्ताले खाँदै आएको खानेकुरा सुरक्षित छ कि छैन भनेर चिन्ता गर्नुपर्दैन,’ मेयर शाहले भने, ‘हामी ‘सेफ फुड काठमाडौं’ अभियानमार्फत बजार अनुगमन, खाद्य परिक्षण र जनचेतना अभिवृद्धि गर्नेछौं।’

यस अभियानअन्तर्गत बजारमा पाइने खाद्य वस्तुको गुणस्तर परीक्षण, होटल तथा रेष्टुरेन्टहरूको स्वच्छता मापदण्डको अनुगमन, र उपभोक्तालाई जानकारीमूलक सामग्री वितरण गरिने योजना छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *