प्रधानमन्त्री ओलीलाई सांसद शाहीको जवाफ- ‘राजालाई ‘राजा’ नै भनिन्छ, दलाललाई ‘दलाल’

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक तथा प्रतिनिधी सभा सांसद  ज्ञानेन्द्र शाहीले राजा राजा नै हुने बताएका छन्।

सामाजिक सञ्जालमा लेख्दै शाहीले इतिहासले दिएको उपाधि भएकाले राजा राजा नै हुने बताएका हुन्। उनले जनताको हृदयबाट उक्लिएको सम्मानलाई कुनै कानुनले पनि रोक्न नसक्ने जिकिर गरेका छन्।

उनले भनेका छन्, -‘राजा त राजा नै हुन्छ। तिहासले दिएको उपाधि हो जनताको हृदयबाट उक्लिएको सम्मान हो, यो सम्मान न कुनै कानुनले रोक्न सक्छ, न कुनै पदले थाम्न सक्छ।’ ‘राजा सधैं राजा नै हुन्छ, अनि राजालाई राजा नै भनिन्छ प्रधानमन्त्री ज्यु, विदेशीका दलालहरूलाई दलाल नै भनिन्छ, आफ्नो जनताको लागि बैभव र शक्ति त्याग्नेलाई राष्ट्र प्रेमी र श्री ५ नै भनिन्छ।’ शाहीले लेखेका छन् ।

जिउँदै मान्छे जलाउनेलाई माफ दिई घोटाला र काण्ड गर्नेलाई भ्रष्टाचारी र अपराधी नै भनिने भन्दै उनले प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्, ‘यदि संविधानमा नलेखिएको कुरा लेख्न र बोल्न पाइँदैन भन्ने हो भने तपाईंको नाम पनि संविधानमा छैन, अब तपाईंको नाम उच्चारण गर्न नपाइने हो त, प्रधानमन्त्रीज्यू?’

उनले आज पनि विदेशी राष्ट्रप्रमुखहरूले राजालाई “हिज मेजेस्टी द कि‌ंग” भन्ने गरेको र हिम्मत र दम भए सोधपुछका लागि विदेशी राष्ट्रप्रमुखहरूलाई बोलाउन सरकारलाई चुनौती समेत दिएका छन् ।

पूर्वराजाका नाममा जारी हुने प्रेस वक्तव्य र मा श्री ५ महाराजधिराज’को सम्बोधन राखिएको भन्दै  शुक्रवार बिहान पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणीन्द्रराज पाठकलाई पक्राउ गरिएको थियो। पाठकलाई प्रहरीले पूर्वराजाको सचिवालय लेख्ने सर्तमा छाडेको थियो।

पाठक पक्राउ परेसँगै सामजिक संजालमा सरकारको चर्को आलोचना सुरु भएको थियो । उनलाई पक्राउ गर्नु लोकतन्त्रको मर्मविपरित भएको भन्दै राजा समर्थकहरुले संजालमा ‘श्री ५ महाराजधिराज’लेख्दै विरोध जनाईरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *