काठमाडौँ। भारतबाहेक अन्य देशमा जानेहरुले अबदेखि ३ हजार अमेरिकी डलर सटही गर्न पाउने भएका छन्।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गर्दै हालको सटही सीमा बढाएर नयाँ व्यवस्था लागू गरेको हो।
‘भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई हाल प्रतिपटक अमेरिकी डलर २,५०० सम्म सटही सुविधा उपलब्ध गराउने व्यवस्था रहेकोमा यस्तो सटही सुविधा वृद्धि गरी अमेरिकी डलर ३,००० कायम गरिनेछ।’ मौद्रिक नीतिमा भनिएको छ।
Artha Sanjal






