पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव पाठक पक्राउ

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणीन्द्रराज पाठक पक्राउ परेका छन्। पूर्वराजाका नाममा जारी हुने प्रेस वक्तव्य र मा श्री ५ महाराजधिराज’को सम्बोधन राखिएको भन्दै उनलाई शुक्रवार बिहान पक्राउ गरिएको हो।

संविधानले नचिनेको र सरकारले मान्यता नदिएको मान पदवी राखेर भ्रम सृजना गरेको आरोपमा उनलाई पक्राउ गरिएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

स्रोतकाअनुसार उनले पूर्वराजा शाहको सम्बोधनका क्रममा लेख्ने शब्दका विषयहरुमा समेत सोधपुछ गरिएको छ । केहि दिन अघि पूर्वराजालाई गर्ने सम्बोधनको शब्द तथा शैलीको विषय संसदमा समेत प्रश्न उठाइएको थियो।

पाठक पक्राउ परेसँगै सामजिक संजालमा सरकारको चर्को आलोचना सुरु भएको छ । उनलाई पक्राउ गर्नु लोकतन्त्रको मर्मविपरित भएको भन्दै राजा समर्थकहरुले संजालमा ‘श्री ५ महाराजधिराज’लेख्दै विरोध जनाएका छन्।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *