पहिराले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ । पहिरोका कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।

मंगलबार साँझदेखि परेको भारी वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेका अनुसार करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो ।

वर्षा नरोकिएकाले तत्काल सडक खुलाउन नसकिने बताउँदै उनले पानी रोकिएपछि पहिरो पन्छ्याइने जानकारी दिए ।

केही स्थानमा सडक भासिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *