काठमाडौं । सरकारले समयमै काम पूरा नगर्ने चारवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार जिम्मा लिएको काम समयमै पूरा नगर्ने ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो ।
ग्रिन लिफ प्रा.लि काठमाडौं, श्री शिवम कन्ट्रक्सन जनकपुर, डि.जी इगल कन्ट्रक्सन एण्ड विल्डर्स प्रा.लि टोखा र थोमस कन्ट्रक्सन एण्ड सप्लायर्सलाई सार्वजनिक खरिद ऐन– २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।
एक वर्षको लागि कालो सूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

Artha Sanjal






