महुली लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा सिंह नियुक्त

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सरोज कुमार सिंह नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको असार २० गते बसेको बैठकले उनलाई चार वर्षको लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

सिंहको कार्यकाल २०८२ साल साउन १ गतेबाट सुरु भई २०८६ साल असार मसान्तसम्म कायम रहने जनाइएको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *