माछापुच्छ्रे क्यापिटल र अप्पर स्याङ्गे हाईड्रोपावरबीच सेयर रजिष्ट्रार सम्झौता

काठमाडाैं । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडबीच सेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ ।

माछापुच्छ्रे क्यापिटल र कम्पनीबीच हाईड्रोपावर कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने, सेयरवालाहरूको लगत अद्यावधिक गर्ने जस्ता सम्पूर्ण सेयर रजिष्ट्रारसम्बन्धी सेवा प्रदान गर्न असार २२ गतेका दिन सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा माछापुच्छ्रे क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र अप्पर स्याङ्गे हाईड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक विर बहादुर घलेले हस्ताक्षर गरेका छन् । यस सम्झौता सगै अप्पर स्याङ्गे हाईड्रोपावरको सेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य माछापुच्छ्रे क्यापिटलले गर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *