रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सीईओमा पुनः लोहनी

काठमाडाैं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नारायण वावु लोहनीलाई पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ।

कम्पनीको बिहीबार सम्पन्न १५५ औं सञ्चालक समितिको बैठकले लोहनीलाई आगामी चार वर्षका लागि सीईओमा निरन्तरता दिने निर्णय गरेको हो।

लोहनीको नयाँ कार्यकाल साउन १८ गतेदेखि सुरु हुनेछ। उनी यसअघि पनि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका थिए। अब पुनः नियुक्तिसँगै उनी आगामी चार वर्षसम्म कम्पनीको नेतृत्व गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *