सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या, अर्को सूचना नआएसम्म सबै सेवा बन्द

काठमाडौं । सवारी चालक अनुमतिपत्र प्रणालीसँग सबन्धित सेवाहरू आजदेखि बन्द भएका छन् ।

यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएकोले बन्द गरेको जनाएको छ ।

विभागले उक्त समस्याको समाधान कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी अनुमतिपत्रसँग सम्बन्धित सबै सेवाहरू बन्द रहने उल्लेख गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *