काठमाडाैं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी)ले नेपालको चेन स्टोर बिगमार्टमा एससिटी–युपिआई कार्ड प्रयोगकर्ताहरूका लागि स्मार्ट जुलाइ अफर ल्याएको छ ।
असार १७ देखि सुरू भएको यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा एससिटी–युपिआई कार्डबाट भुक्तानी गर्दा एक पटकमा १० प्रतिशत, अधिकतम १०० रूपैयाँ छुट प्राप्त गर्नेछन् ।
यो छुट पाउन एससिटी–युपिआई कार्ड प्रयोग गरी पिओएस मेसिन मार्फतनै भुक्तानी गर्नु पर्नेछ । यो अफर असार ३१ गतेसम्म बिगमार्टको सम्पूर्ण शाखामा लागु हुनेछ ।
एससिटीले यस अघि बिगमार्टमै एससिटी स्मार्ट वेइनस डे अफर दिँदै आएको थियो जसमा एससिटी–युपिआई कार्ड प्रयोगकर्ताहरूलाई हरेक बुधबार एससिटी–युपिआई कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाएका थिए ।
सो अफर अगस्टको पहिलो बुधबारदेखि पूर्ण सुरू हुनेछ ।
Artha Sanjal






