१ अर्ब ३१ करोड भ्याट छली आरोपमा विराटनगरका हार्डवेयर व्यवसायी सौरभ बियानी कारागार चलान

विराटनगर । १ अर्ब ३१ कराेड बढी मूल्य अभिवृद्धि कर (भ्याट) छलीको आरोपमा विराटनगरका हार्डवेयर व्यवसायी कारागार चलान भएका छन् ।
‘न्यू सौरभ ट्रेडिङ्ग र बियानी एण्ड ब्रदर्स हार्डवेयर एण्ड मार्वल’ का प्रोप्राइटर सौरभकुमार बियानी कारागार चलान भएका हुन् ।

आन्तरिक राजस्व कार्यालय विराटनगरले कर छली मुद्दामा उनीसँग १ अर्ब ३१ करोड ६४ लाख रुपैयाँ धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेपछि असार १६ गते बियानी कारागार चलान भएका हुन् ।

कर अधिकृत भवानी प्रसाद दाहालद्वारा हस्ताक्षरित पत्रअनुसार बियानीले मूल्य अभिवृद्धि कर ऐन, २०५२ अनुसारको कर छली गरेको ठहर भएको थियो ।

कार्यालयको दाबी अनुसार बियानीले कूल १ अर्ब ३१ करोड ६४ लाख ९८ हजार ५ सय ८४ रुपैयाँ बराबरको राजस्व छली गरेको देखिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *